दमौली- नेपाली कांग्रेसले बिहीबार दमौलीमा विरोध प्रदर्शन गर्दैछ । बुल्दी पुल उद्घाटन गर्न जाने क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्राउ तथा नेता कार्यकर्तामाथिको पक्राउ र कुटपिट प्रकरणको विरोधस्वरुप बुधबार घोषित कार्यक्रम अनुसार विरोध गर्न लागिएको हो ।
कार्यक्रममा पौडेलसहित जिल्लाका तीनजना केन्द्रीय सदस्यको सहभागिता रहने पार्टीले जनाएको छ । एकै फोरममा सहभागी हुने दुर्लभ अवसर यस घटनाले जुराएको छ ।
केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई तथा प्रदीप पौडेल तीनै जना कार्यक्रममा सहभागी हुन दमौली आइसकेका छन् । यसैगरी संविधान सभा सदस्यहरु ध्रुव वाग्ले, रामचन्द्र पोखरेल, झुलबहादुर आलेसहित पनि कार्यक्रममा सहभागी हुनेछन् । दमौलीबाट विरोध र्यालीपछि बुधबार तय भएर रोकिएको व्यास १, १० र ११ जोड्ने बुल्दी पुल उद्घाटनमा सहभागी हुने तयारी गरिएको छ ।