April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मानव जातिका निम्ति कोभिड विरुद्धको खोप साझा उपलब्धि हुनुपर्छ : प्रधानमन्त्री

3.6K

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडका विरुद्धमा विभिन्न देशले बनाइरहेको भ्याक्सिनलाई खुसीको जनकारी भएको बताउँदै त्यो मानव जातिका निम्ति साझा उपलब्धि हुनुपर्ने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारण सभा उद्घाटन समारोहमा बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने- ‘भ्याक्सिन आविस्कार त भयो तर त्यो भ्याक्सिन गरिब देशहरुले या गरिब जनताले त्यो मानव जातिको साझा सम्पत्तिको रुपमा प्राप्त गर्ने स्थिति बन्ने कि त्यो एउटा व्यापारको नाफा क्षेत्र बन्ने, गम्भीर प्रश्न फेरि पनि उठ्छ। र म भन्न चाहन्छु- भ्याक्सिनको आविस्कार मानव जातिका निम्ति एउटा ठूलो उपलब्धि हो। र यो मानव जातिका निम्तिको साझा उपलब्धि हुनुपर्छ।’

उनले भ्याक्सिन सबलका निम्ति थप उपलब्धि हुने र दुर्बलका निम्ति कुनै अर्थ नराख्ने हुन नहुने बताए।

Advertisement

उनले भ्याक्सिनको प्रयोगले मानव जातिलाई यस महामारीबाट मुक्त गराउने छ र हाम्रो लडाइँमा सफलता दिने विश्वास व्यक्त गरे। 

उनले कोभिडले नेपाललाई मात्रै होइन, विश्वलाई नै सताएको बताए। ‘कमजोरलाई मात्रै होइन, बलियालाई पनि त्यतिकै आक्रमण गरेको छ। कसैलाई छोडेको छैन’, उनले भने, ‘कसैले आफूलाई सबल छु, सुरक्षित छु भन्ने ठानेको छ भने त्यो पनि साँचो होइन। सबै यसका अगाडि कमजोर परेको छ। र कोही पनि सुरक्षित रहेको छैन। यसको रिकभरीको सन्दर्भमा भने बलियाभन्दा कमजोरहरुलाई मुस्किल पर्ने छ।’