February 28, 2026, Saturday
२०८२ फाल्गुन १६
1:37:26 pm

भट्टराई भन्छन् – पहिला ओलीलाई लघारौं, पछाडिका स्यालहरूसँग लड्दै गरौंला

3.3K

काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले सत्ता साझेदारी कोसँग गर्ने भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसरी छिटो हटाउने भन्ने रहेको बताएका छन्।

शनिवार एक ट्वीट गर्दै उनले अहिलेको कोसँग सत्तासमिकरण गर्ने वा कोबाट तत्काल बढी लाभ लिने भन्ने हुँदै नभएको टिप्पणी गरेका छन्।

‘अहिलेको यक्षप्रश्न कोसँग सत्तासमीकरण गर्ने वा कोबाट तत्काल बढी लाभलिने भन्ने हुँदै हाेइन; अपितु अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्गप्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो! अगाडि आएको बाघलाई पहिले लघारौं;पछाडिका स्यालहरूसँग लड्दै गरौंला! कुनै गल्ती नगरौं!,’ उनले लेखेका छन्।

Advertisement