April 22, 2026, Wednesday
२०८३ बैशाख ९
1:37:26 pm

नेपाली कांग्रेसले पोखरामा चुनावी सभा गर्ने

२०८२ फाल्गुन १४

435

काठमाडौं । नेपाली कांग्रेसले पोखरामा चुनावी सभा गर्ने भएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कांग्रेस कास्कीले पोखराको अमरसिंह चौरमा शुक्रबार सभा आयोजना गर्ने भएको हो ।

सभालाई कांग्रेस सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने भएका छन् । उक्त सभामा गण्डकी प्रदेशका १८ वटै निर्वाचन क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेद्वारहरु सहभागी हुनेछन् ।

आमसभामा करिब १५ हजार सहभागी हुने अपेक्षा कांग्रेसले लिएको छ ।

Advertisement