November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पार्टी एकता अभियान कायम राख्न बामदेव गौतम नेपाल पक्षमा खुल्ने तयारी

10K

काठमाडौं– पार्टी एकता अभियान कायम राखेका नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम नेपाल पक्षमा खुल्ने तयारीमा छन्। उनी निकट एमाले नेता बलराम बास्कोटाका अनुसार मंगलबारको बैठकपछि नेपाल पक्षमा खुल्ने सम्भावना छ।

नेपाल पक्षसँग भएको भेटमा उनले एकता अभियानमा रहेका नेता-कार्यकर्तासँग छलफल गरेर खुल्ने बताएका थिए। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते गौतमलाई समेत जानकारी नदिएर केन्द्रीय समितिको बैठक गरेका थिए।

उक्त बैठकपछि ओलीसँग सहकार्य गर्ने सम्भावना सकिएको प्रतिक्रिया उनको थियो। अखिल नेपाल किसान महासंघकै नेतृत्व गर्ने गरी नेपाल पक्षमा आउन गौतम राजी भएको नेता बास्कोटाको भनाइ छ।

Advertisement

उनको नेतृत्वमा रहेको राष्ट्रिय एकता अभियानको बैठक बस्ने भएको हो।