April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

एमालेको उपाध्यक्ष बादललाई बनाउने ओली पक्षको तयारी

२०७७ फाल्गुन २६

4.9K

काठमाडौं- गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) को उपाध्यक्ष बनाउने तयारी गरिएको छ। अध्यक्ष केपी शर्मा ओली पक्षले गृहमन्त्री बादललाई उपाध्यक्ष बनाउने तयारी गरेको हो।

बादलसहितका नेताहरूको व्यवस्थापनबारे अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ। छलफलमा प्रधानमन्त्री ओलीसहित एमालेका उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ पनि सहभागी छन्। 

बादललाई उपाध्यक्ष र टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई स्थायी कमिटीमा राख्ने दुई पक्षबीच सहमति भएको बुझिएको छ। यस्तै प्रभु साह, गौरीशंकर चौधरी यसअघिकै कमिटीमा राखिने भएको छ। उनीहरू माओवादीको केन्द्रीय कमिटीमा थिए।

Advertisement

छलफलमा माओवादी केन्द्रबाट आएका नेताहरूले एमाले मान्दै आएको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादमा केही शब्द हेरफेर गर्नुपर्ने माग गरेका छन्।