February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

हेलिकप्टरबाट उद्धार गरियो पाँचथरका दुई सुत्केरी व्यथा लागेका महिलालाई

605

पाँचथर। पाँचथर जिल्लाका दुई जना सुत्केरी व्यथा लागेका महिलाहरुलाई हेलिकेप्टरबाट उध्दार गरी काठमाण्डौं लगिएको छ ।

पाँचथरको फालेलुङ गाउँपालिका–३ मा सुत्केरी व्यथा लागेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरि काठमाडौंस्थित प्रसुती गृह लगिएको हो ।

सुत्केरी व्यथा लागेका फालेलुङ–३ की १८ बर्षीया भूमिका पन्त चौहान र ३० बर्षीया सुजा जबेगुको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाण्डौ लगिएको हो ।

Advertisement

अबिरल बर्षासँगै आएको बाढीपहिरोका कारण ग्रामीण सडकहरुमा क्षति हुनुका साथै मोटरेवल पुलसमेत बढीले बगाएकोले सवारी साधन मार्फत् सुविधा सम्पन्न अस्पताल लैजान सम्भव नभएपछि उनीहरुलाई हेलिकप्टरबाट उद्धार गरिएको हो ।

फालेलुङ गाउँपालिकाको केन्द्र थोकेपुङबाट दिउँसो २ः५२ बजे नेपाली सेनाको हेलिकप्टर मार्फत उनीहरुको उद्दार गरिएको फालेलुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरज कुमार पासवानले बताए ।

उनीहरु दुबै जनामा स्वास्थ्य समस्या देखिएको र स्थानीय वर्थिङ सेन्टरमा प्रशुती गराउन असम्भव देखिएपछि जिल्ला प्रशासन कार्यालय पाँचथरसँग समन्वय गरी उद्धार गरिएको हो ।