November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पाठ्यक्रममा चलचित्र बिषयलाई समेट्न अनुरोध

1.5K

पाँचथर । चलचित्र बिषयलाई पाठ्यक्रम र पाठ्यपुस्तकमा समेट्न अनुरोध गर्दै लिम्बु भाषा उच्च शिक्षा बोर्डमा अनुरोध पत्र बुभाइएको छ । याक्थुङ मुन्चइत चोक सयङ्ले मंगलबार लिम्बु भाषाको पाठ्यक्रम निर्माण समिति पाँचथरलाई पत्र बुझाएको हो ।

लिम्बू भाषा उच्च शिक्षा बोर्डका अध्यक्ष मलिसा याक्थुङ्बा र लिम्बू भाषाको पाठ्यक्रम निर्माण समिति पाँचथरका संयोजक, सम्पादक हरिचन्द्र लावतीले पत्र बुझाइएका हुन् ।

याक्थुङ मुन्चइत चोक सयङ (लिम्बू चलचित्र कर्मि संघ)को महासचिव रुपा आङ्बुहाङ र अध्यक्ष सागर केरुङ्द्वारा हस्ताक्षरित अनुरोध पत्रमा भनिएका लिम्बु चलचित्रलाई पाठ्यक्रम र पाठ्यपुस्तकमा समिटिदिन अनुरोध गरिएको छ ।

Advertisement

अनुरोध पत्रसहित लिम्बू चलचित्र निर्माणको ऐतिहासिक पृष्ठभूमि र विवरणसमेत बुझाएको जनाइएको छ । चौथो राष्ट्रिय महाधिवेशनद्वारा घोषित कार्यक्रमअनुरुप अनुरोध पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको संघीय सदस्य सन्देश सुब्बाले बताए ।