April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कोशी प्रदेश यू-१६ महिला खेलाडी छनोट अन्तर्गत पाँचथरका ४ जना केन्द्रीय स्तरमा

1.3K

विराटनगर । कोशी प्रदेश फुटबल संघले आयोजना गरेको यू-१६ महिला खेलाडी छनोटमा पाँचथरका ४ जना खेलाडी छनोटमा सफल हुँदै केन्द्रीय स्तरको छनोटमा पुगेका छन् ।माघ ६ गते एन्फा एकेडेमी धरानमा भएको कोशी प्रदेश स्तरीय छनोट प्रतियोगितामा पाँचथरका ४ जना खेलाडी छनोट भएका हुन् ।

छनोट भएका खेलाडीहरुले माघ ९ गते काठमाण्डौमा पुनः छनोट प्रतियोगितामा सहभागी हुनु पर्ने छ । उक्त छनोट प्रतियोगितामा छनोट भए राष्ट्रिय टोलीबाट खेल्ने अवशर पाउनेछन् ।

कोशी प्रदेशबाट केन्द्रीय छनोटको लागि विभिन्न जिल्लाबाट २३ जना यू-१६ महिला खेलाडी छनोटमा परेका छन् ।

Advertisement

यू १६ तर्फ प्रदेशमा छनोट भएका खेलाडीहरूमा श्रेया तामाङ, मिक्लाजुङ गाउँपालिकाका पूजा तुम्बापो, फिदिम नगरपालिका, एन्जल बान्तावा, फाल्गुनन्द गाउँपालिकाका
सोनिया राई लगायत रहेका छन् ।