April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

देउसी र बिङ्गो खेलेर संकलित रकम भुकक्प र क्यान्सर पीडितलाई

1.1K


पाँचथर । जिल्लाको एक विद्यालयले देउसी बिङ्गो खेलेर संकलित रकम भुकक्प र क्यान्सर पीडितलाई हस्तान्तरण गरेको छ । फिदिम नगरपालिका ८ को ब्लुमिङ फ्लावर्स इङलिस स्कुलले यस वर्षको दिपावलीका अवसरमा देउसी भैलो खेलेर संकलन गरेको रकम जाजरकोट र रुकुमका भुकम्प पीडितसँगै जिल्लाका २ जना क्यान्सर पीडितलाई उपलब्ध गराएको हो ।

स्कुलले संकलन गरेको रकम मध्ये ३० हजार रुपैंया प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमार्फत भुकम्पपीडितलाई उपलब्ध गराएको हो ।

विद्यालयका सञ्चालक कुमार तामाङ सहितका सञ्चालक र स्टाफहरुले प्रधानमन्त्री कार्यालयमा पठाएको रकमको भौचर मंगलवार पाँचथरका प्रमूख जिल्ला अधिकारी मेखबहादुर मग्रातीलाई हस्तान्तरण गरे ।

Advertisement

विद्यालयले जिल्लाका २ जना क्यान्सर पीडितलाई पनि उपचार सहयोगका लागि नगद सहयोग गरेको छ । फिदिम ८ की कुसुम मुखिया र फाल्गुनन्द ३ का सलोनराज बाँस्कोटालाई २० हजार रुपैंयाका दरले रकम उपलब्ध गराइएको सस्थापक डिवि गुरुङले जानकारी दिए ।

यस्तै फिदिम बजारका युवाहरुले तिहारकै अवसरमा बिङगो खेलाँउदा बचत भएको रकम पनि जाजरकोट र रुकुमका भूकम्पपीडितको सहयोगार्थ पठाएका छन्।

युवाहरुले मंगलबार प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा ५५ हजार ५ सय ५५रुपैंया जन्मा गरेर त्यसको भौचर प्रमुख जिल्ला अधिकारी मग्रातीलाई बुझाएका हुन्।

एकसातासम्म बिङ्गो खेलाँउदा टिकट बिक्री वापत प्राप्त रकम पुरस्कार वितरण गरेर बचत भएको थियो ।