April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पाँचथरको विद्यालयमा शैक्षिक सामग्री वितरण

2.5K

काठमाडौं । पाचथर जिल्लाको कुम्मायक गाउँपालिका ४ स्थित साविक वडा नम्बर १ रानिगाउँको तिल्केनी आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ । ‘अनुशासनमा कडाइ गुणस्तरीय पढाइ’ भन्ने नारासहित विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग तथा स्टेशनरी सामाग्री वितरण गरिएको हो ।

गत शुक्रबार सम्पन्न भएको सो कार्यक्रममा विद्यालयका ९३ जना विद्यार्थीहरुलाई लाक्पा शेर्पा अबि कुरुम्बाङ र हाङ्खिम राई साथै रविन हाङ्खिमको आर्थिक संयोजगत्वमा सो सामग्री बितरण गरिएको हो । उक्त कार्यक्रम वडा नम्बर ४ का वडा सदस्य छवि खजुम लिम्बू, इगल एफएम पान्थरका आर जे सुनिता खजुम र शिक्षक हेमन्त हाङ्सरुम्बाले संयोजन गरेका थिए ।

त्यस क्षेत्रका बिपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई ब्याग तथा स्टेशनर्वे सामग्री हस्तान्तरण गरिएपछि उनीहरू हर्षित भएका थिए । सोही विद्यालयका बिपन्न तथा जेहेन्दार विद्यार्थीहरुमध्ये आर जे सुनिता खजुमद्वारा कक्षा १ का विद्यार्थीहरुलाई र हेमन्त हाङ्सरुम्बाले कक्षा २ का विद्यार्थीहरुलाई स्टेसनरी सामग्री हस्तान्तरण गरिएको थियो ।

Advertisement

यसैगरी वडा सदस्य छवि खजुमद्वारा पनि कक्षा ३ का विद्यार्थी रन्जुहाङ कन्दङ्वासहित कक्षा ६ का विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।

विद्यालयमा अध्यनरत कक्षा ७ का विद्यार्थीलाई कुम्मायक गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष फगेन्द्र कुमार सम्बाहाम्फे र कक्षा ८ का विद्यार्थीहरुलाई कुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावतीले सो सामग्री हस्तान्तरण गर्दै आफू जुनसुकै अवस्थामा भएपनि शिक्षाको महत्त्वलाई बुझेर शिक्षा प्रति उत्प्रेरित हुन उनले आग्रह गरे।

शिक्षा एउटा ज्ञानको अभिन्न ज्योति हो, जुन ज्योति बिना मानव जिवनको पाटो र बाटो सधै अधुरो रहने अध्यक्ष लावतीको भनाइ थियो । शिक्षाको महत्वलाई बुझेर महत्वकांक्षी कार्यक्रमको आयोजना गर्ने कार्यक्रमका सहयोगी दाताहरू प्रति अध्यक्ष लावतीले उदाहरणीय कार्य गरेको भन्दै यश विद्यालयको पुर्वाधार विकासको लागि स्थानीय सरकार सधै तत्पर रहने समेत लावतीले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवी खजुमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बिद्यालयको शैक्षिक गुणस्तर खस्किन नदिने प्रधानाध्यापक लालबहादुर सम्बाहाम्फेले बताए ।

यस्तै, आरजे सुनिता खजुम लगायत वडाका वडा सदस्य धनमाया तामाङसँगै जिम्मेवार जनप्रतिनिधि र अन्य सहयोगी मनहरु प्रति आभार प्रकट गर्दै विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सधै आफ्नो संघर्ष रहिरहने पनि प्रअ सम्बाहाम्फेले बताए । प्रअ, सम्बाहाम्फेले कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा विद्यालयको प्रशासनिक क्षेत्राधिकार भित्र रहेर चुस्त दुरुस्त व्यबहार कायम गरी उत्पीडित वर्ग र समुदायका बिपन्न विद्यार्थीलाई विद्यालयको सधै विभिन्न श्रोतबाट उनीहरुको शैक्षिक जीवनस्तर उकास्ने बताए ।

उक्त कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका सदस्य फर्सुराम चापागाईं, वडा सदस्य छवि खजुम पूर्व विद्यालय व्यवस्थापन समिति सदस्य विष्णुलाल चम्लागाई अभिभावक तथा बुद्धिजीवीहरुको समेत उपस्थितिले सहयोगी दाताहरु सुनिता खजुम, लाक्पा शेर्पा, अबि लिम्बू कुरुम्बाङ, रविन हाङ्खिम राई र शिक्षक हेमन्त हाङ्सरुम्बालाई प्रशंसनीय कार्य गरेको भन्दै उनीहरुलाई सम्मान पत्र पनि प्रदान गरिएको थियो ।