पाँचथर । फालेलुङ गाँउपालिका ८ स्थित आकाशेमा जारी पुरुष तथा महिला फुटबल प्रतियोगितामा वुधबार चार खेल सम्पन्न भएको छ । पहिलो चरणको खेल अन्तर्गत ब्वाइज युनियन अण्डर–१६ र त्रिशक्ति जनउद्धार समाज जुनियरबीच भएको खेलमा त्रिशक्ति पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले विजयी भयो । दोस्रो खेलमा याङनाम फुटवल क्लवविरुद्ध १–० को जित निकाल्दै सिवा एल्ट्री एक्ट्रेसन पनि विजयी भएको छ ।
तेस्रो खेलमा जल्पा जलेश्वरी लालिखर्क विरुद्ध ४–१ को सहज जित निकाल्दै नवजागृति क्लव फालेलुङ ४ विजयी भएको छ । चौथो खेलमा यलम्बर क्लव फिदिम ११, बाबुङगाले, केवाइसी फेजुङविरुद्ध सडनडेथमा जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।
स्थानिय ज्ञानज्योति आधारभुत विद्यालयको खेलमैदानमा जारी प्रतियोगितामा पुरुषतर्फ ३२ टिम र महिलातर्फ ४ टिमले सहभागिता जनाएका छन् ।
स्थानिय अरमफुङ टोल विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिताको पुरुषतर्फको विजेताले आकर्षक ट्रफिसहित नगद पैसठी हजार प्राप्त गर्दा उपविजेता हुने टोलीले ट्रफी र नगद चालिस हजार रुपैँया पाउनेछन् ।
यस्तै महिला फुटवल तर्फको विजेताले आकर्षक ट्रफिसहित नगद बिस हजार पाउनेछ भने दोस्रो हुने टालिदे ट्रफि र नगद दश हजार रुपैँया पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल भदौ ४ गते हुनेछ ।