पाँचथर । जिल्लाको फिदिममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ । मंगलबार नगरपालिका- २, ओदिनमा भएको दुर्घटनामा परी एक युवाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा झापाको विर्तामोड नगरपालिका- ८, निवासी २४ वर्षीय युवराज अधिकारी रहेका छन् ।
प्रहरीका अनुसार अधिकारी सवार प्रदेश ०१–०३००१ब ००१९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । मृतक अधिकारी प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय पाँचथरमा कार्यरत कर्मचारी हुन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार उनी सवार मोटरसाइकल सडकमै भेटिएको थियो भने उनको शव १० मिटर तल भेटिएको थियो ।
मोटरसाइकल अनियन्त्रित भइ दुर्घट्ना भएको हुनसक्ने प्रहरीको अनुमान छ । साम्दिनदेखि फिदिमतर्फ आउने क्रममा सो दुर्घटना भएको हो ।