March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

पाँचथरमा अटो दुर्घटना हुँदा एकको मृत्यु , चार घाइते

1.6K

पाँचथर । पाँचथर सदरमुकाम फिदिम बजारमा बुधबार बिहान अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । फिदिम ६ शिवाबाट फिदिम बजारतर्फ आउदै गरेको प्र १-०१-००१ स ८७०५ नम्बरको शनिबारे नजिक दुर्घटना भएको हो ।

अनियन्त्रित भई अटो दुर्घटना हुँदा फिदिम ६ की ५५ वर्षीय हरिमाया तुम्रोकको मृत्यु भएको प्रहरीले जनाएको छ । टाउको र चिउडोमा गम्भीर चोट लागेको तुम्रोकको पाँचथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अटोमा सवार फिदिम ६ बस्ने सन्देश लिम्बु, अटो चालक सोहि ठाउँका दिपक लिम्बु, फिदिम ६ कि बसन्ती लिम्बु र फिदिम ७ का कुशसल लिम्बु घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी मिलन थापाले जानकारी दिए ।

Advertisement

घाइतेहरुको उपचार पाँचथर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको छ ।