पाँचथर । पाँचथरमा सिमेन्ट बोकेको ट्रक हेवा खाेला नजिकै दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हिलिहाङ गाउँपालिका- ७ हेवाखोला नजिकै आईतबार साँझ फिदिमबाट ताप्लेजुङ तर्फ सिमेन्ट लिएर जाँदै गरेको ना.२ ख ९२१५ नम्बरको ट्रक दुर्घटनामा परी ट्रकमा सवार हिलिहाङ ७ का लक्ष्मी तामाङको जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार ट्रकका चालक हिलिहाङ ७ का पारसमणी थापा र जीवन गदाइली घाइते भएका छन् । घाइते दुबै जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ । घाइतेहरुको उपचार पाँचथर अस्पतालमा भइरहेको छ ।
ट्रक अनियन्त्रीत भई सडकबाट करिब ६० मिटर तल खाेलामा खसेको थियो ।