पाँचथर । पाँचथरमा एक हप्तासम्म संचालन हुने गरी ट्राफिक सप्ताह सुरु भएको छ । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको निर्देशनमा सडक तथा सवारी दुर्घटना न्यूनिकरणका लागि कोशी प्रदेश स्तरीय ट्रफिक सप्ताह २०८० पाँचथरमा सुरु भएको हो ।
सप्ताहव्यापी रुपमा संचालन हुने कार्यक्रम पहिलोदिन पाँचथरमा ट्राफिक सप्ताह शुभारम्भ भएको छ । पाँचथरमा ट्राफिक सप्ताह असार १९ गतेबाट २५ गते सम्म मनाइने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
कोशी प्रदेश स्तरीय ट्राफिक सप्ताह अन्तर्गत जिल्ला प्रहरी कार्यालय पाँचथर र जिल्ला ट्राफिक कार्यालयको आयोजनामा सप्ताहको पहिलोदिन पाँचथर सदरमुकाम फिदिममा प्रभातफेरी बजार परिक्रमा गरि सप्ताह शुभारम्भ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
शुभारम्भ कार्यक्रममा जिल्लाका यातायात व्यवसायी, विद्यार्थी, राजनितिक दलका नेता र विभिन्न संस्थाहरुको सहभागिता रहेको थियो । कार्यक्रम अन्तर्गत माादक पदार्थ सेवन तथा लागूपदार्थ सेवनको चेकिङ, इरिक्सा तथा स्कुल बस चालकलाई प्रशिक्षण, चालक तथा सहचालकहरुलाई स्वास्थ्य परीक्षण गरिने, ग्रामिण भेकका चालक र सहचालकलाई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिईने जिल्ला प्रहरी पाँचथरका प्रहरी निरिक्षक दिवस कुँवरले जानकारी दिए।
ट्राफिक सप्ताह अन्तर्गत यो हप्ता भरी पाँचथरमा चालक, सहचालक र पैदलयात्रीहरुलाई ट्राफिक साक्षरताका साथै सडक क्रस गर्दा बाटो काट्ने तरिका लगायतका विषयमा जानकारी दिईने छ ।
