फेदेन । सुख्खा क्षेत्र कुम्मायक गाउँपालिकामा निरन्तर आगलागीका कारण ठूलो क्षति भएको छ । कुम्मायकका विभिन्न वडामा भएको आगलागीका कारण सयौं हेक्टर जङ्गल जलेको छ भने केही बस्तीमा आगलागी हुँदा ठूलो धनको क्षती भएको हो ।
फागुन २२ र २४ गते कुम्मायक गाउँपालिका वडा नम्बर १ भएको आगलागीबाट करिब ६८ लाखको क्षती भएको छ । फागुन २१ गते नजिकैको जङ्गलमा लागेको आगो घरमा सल्किदा बसन्तकुमार चाम्लिङको घर र उनको भतिजको घरमा आगलागी हुँदा २५ लाखको क्षती भएको प्रहरीले जनाएको छ ।
त्यस्तै २४ गते कुम्मायक १ को सिम्लेमा आग्लागी हुँदा करिब ४४ लाखको क्षती भयो । उक्त आगलागीमा मानभक्त बोहोरा, कमल बोहोराको घर जलेर खरानी भएको छ भने मदन बोहोराको ग्वालीमा आगलागी आगलागी हुँदा ४३ लाख ७६ हजारको क्षति भएको प्रहरीले जनाएको छ ।
अग्नि पीडित परिवारलाई कुम्मायक गाउँपालिका, जिल्ला प्रशासन कार्यालय पाँचथर, रेडक्रस शाखा पाँचथरले आर्थिक, लत्ताकपडा र भाडावर्तन सहयोग गरेको छ ।
त्यस्तै कुम्मायक गाउँपालिकाको वडा नम्बर ५ र ३ मा भएको आगलागीमा पनि ठूलो क्षती पुगेको छ । फागुन २८ र २९ मा मात्रै भएको आगलागीबाट वडा नम्बर ३ का बसाइँ सरि गएका दिलबहादुर खड्का, सोमबहादुर खड्का, नरेन्द्र बहादुर खड्का रणबहादुर बुढाथोकी, भिमबहादुर बुढाथोकी र बिरुखेस्वरको काठपात जलेर नष्ट भएको छ ।
यसैगरी सोही आगलागीबाट चन्द्रबहादुर बुढाथोकी, पुर्णबहादुर बुढाथोकी र चन्द्रबहादुर खड्काको घर पनि आगलागि भएको कुरा स्थानीयले बताएका छन् ।
यसैगरी कुम्मायक गाउपालिकाको वडा नम्बर ४ ठाढेको जंगलमा पनि आगलागी हुँदा सानबहादुर लिम्बुको ग्वाली र सार्बजनिक खानेपानी पाइप लाइनमासमेत क्षती हुन पुगेको वडाअध्यक्ष फगेन्द्र सम्बाहाम्फेले बताए ।
कुम्मायक गाउपालिकाको वडा नम्बर ५/३ मा भइरहेको आगलागी नियन्त्रण भन्दा बाहिर रहेको प्रहरी श्रोत र स्थानीयले बताएका छन् ।