February 12, 2026, Thursday
२०८२ माघ २९
1:37:26 pm

दमकमा सडक दुर्घटना हुँदा दुईजना युवकको मृत्यु

355

विराटनगर । झापाको दमकमा सडक दुर्घटना हुँदा दुईजना युवकको मृत्यु भएको छ । बुधबार दिउँसो झापाको दमक नगरपालिका–१ बरगाछीस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा दुई युवाको मृत्यु भएको हो ।

प्रहीकाअनुसार दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपर र दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र.१–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक २२ वर्षीय प्रवेश राई र पछाडि सवार १९ वर्षीय जनम राई गम्भीर घाइते भएका थिए ।

दुवै जना इलाम चुलाचुली गाउँपालिका–४ बसोबास गर्ने हुन् ।

Advertisement