काठमाडौं । प्रहरी प्रधान कार्यालयले अमर प्रहरीका परिवारलाई १० लाख राहत दिने निर्णय गरेको छ । मंगलबार प्रधान कार्यालयले अमर प्रहरीका परिवारलाई आईजीपीदेखि निरीक्षकसम्मका सकल दर्जाको मासिक तलबबाट कटाएर उक्त राहत दिने निर्णय भएको हो ।
युवाहरुको आन्दोलन र त्यसपछि भएको प्रदर्शनका क्रममा कर्तव्य पालनाका क्रममा सहादत प्राप्त प्रहरीका परिवारलाई निरीक्षकदेखि आईजीपीसम्मको मासिक तलबबाट संकलन गरी प्रति परिवार १० लाख राहत दिने निर्णय गरेको छ ।
जेन–जीको अगुवाईमा भएको आन्दोलन र त्यसपछिको प्रदर्शनका क्रममा प्रहरीका असईसहित तीन जनाले सहादत प्राप्त गरेका थिए ।





