July 17, 2025, Thursday
२०८२ श्रावण १
1:37:26 pm

चीनमा अलपत्र चालकहरूलाई तातोपानी नाकाबाट ल्याउने तयारी भइरहेको छ: गृहमन्त्री

215

काठमाडौं । गृहमन्त्री रमेश लेखकले रसुवा बाढीका कारण चिनियाँ भूमिमै रोकिन पुगेका चालकहरुलाई तातोपानी नाका हुँदै नेपाल ल्याउने तयारी भइरहेको आश्वासन दिएका छन् । बुधबार धादिङ चालक संघले दिएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो आश्वासन दिएका हुन् ।

रसुवा बाढीका कारण चिनियाँ भूमिमा केही दिनदेखि चालकहरू अड्किएको र घर फर्किन नसकेको बताएका बताउदै संघका अध्यक्ष नारायण पन्तले गृहमन्त्री लेखकलाई तत्काल उनीहरुको उद्धार पहल गर्न आग्रह गरेका थिए ।

गृहमन्त्री लेखकका अनुसार परराष्ट्र मन्त्रालयसँगको समन्वयमा नेपाल ल्याउने तयारी भइरहेको छ ।

Advertisement

उक्त भेटघाटमा बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ पनि सहभागी थिए । अध्यक्ष पन्तका अनुसार गृहमन्त्री लेखकलाई चिनियाँ भूमिमा अलपत्र १३५ जनाको नामसूची दिइएको छ ।

यही असार २४ गते आएको बाढीले रसुवामा व्यापक धनजनको क्षति पुगेको थियो भने चीनतर्फ गएका कन्टेनर चिनियाँ भूमिमै डुबानमा परेका थिए । बाढीले रसुवागढीमा रहेको नेपाल चीन मितेरी पुल, विद्युत् आयोजनाहरु, रसुवा भन्सार कार्यालय, यार्डमा क्षति पु¥याउनुका साथै दर्जनौँ कन्टेनर र ईभी बगाएको थियो ।