भक्तपुर। सुक्खा पहिरो खसेर गाडी नै पुरिएपछि बीपी राजमार्ग फेरि पूर्णरुपमा अवरुद्ध भएको छ।
प्रहरीकाअनुसार काभ्रेको रोशी गाउँपालिका ११ पिप्लेमा खसेको सुक्खा पहिरोले खोटाङबाट काठमाडौंतर्फ आउदै गरेको ना. १ ज. ६८१७ नम्बरको सुमोलाई पुरेको हो ।
यसैगरी सिन्धुलीबाट काठमाडौं तर्फ जाँदै गरेको बा. ४ ख. ४३५२ नम्बरको बसलाई सोही ठाउँको पहिरोले रोशी खोलामा धकेलेको प्रहरीले जनाएको छ ।
माथिबाट सुक्खा पहिरो झरीरहेकाले बाटो खुलाउन असहज भएको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए । पहिरो झर्न रोकिए १ घण्टामा राजमार्ग सञ्चालनमा आउने उनको भनाइ छ ।