April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सुनकोशी नदीमा गाडी खसेर बेपत्ता, खोजी गर्दै गोताखोर

3K

काठमाडौं । खोटाङ हलेसीबाट काठमाडौं फर्किदै गरेको गाडी सुनकोशी नदीमा गाडी खसेर बेपत्ता भएको छ। शनिबार साँझ पौने ६ बजेतिर सिन्धुली, गोलान्जोर गाउँपालिका- १ मध्य पहाडी लोकमार्गस्थित कुडेले नजिकबाट गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको हो ।

प्रहरीका अनुसार नम्बर नखुलेको डबल क्याप बलेरो गाडी दुर्घटना भएको खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेश खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा गोताखोरसहित १० जनाको टोली खटिएको छ ।

उक्त गाडीमा ४ जना सवारमध्ये १ जना रोडमा हामफाल्दा सामान्य घाइते भएका छन् भने भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय चालक अबिन बाके, सोही ठाउँका ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका छन्। सुशान्त कक्षपति घाइते भएका छन्। उनलाई खुर्कोट अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

Advertisement

अहिले गोताखोरले खोजी सुरू गरेको प्रहरीले जनाएको छ।