April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

गठ्ठाघर दुर्घटनाः मृत्यु भएकी भनिएकी सुष्मा नेपाली नै आइन् प्रहरीको सम्पर्कमा

10.1K

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनामा मृत्यु भएकी महिलाको अझै पहिचान खुलेको छैन । यसअघि दुर्घटनामा मृत्यु हुने महिला दोलखाको मेलुङ ४ घर भई काठमाडौँको बागबजार बस्ने २३ वर्षीय सुष्मा नेपाली रहेको प्रहरीले जानकारी दिएको थियो । तर, मृत्यु भएको भनिएकी सुष्मा नै प्रहरी सम्पर्कमा आएकी छन् ।

बिहीबार दिउँसो कोटेश्वरबाट गठ्ठाघरतर्फ जाँदै गरेको ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको महिलाको मृत्यु भएको थियो ।

एक व्यक्ति घटनास्थलमा भएको कपडा र चप्पल देखेर मेरो बहिनीको शव हो भन्दै प्रहरीमा आएपछि त्यसैको आधारमा मृतकको पहिचान खुलाएको प्रहरीले जनाएको छ । तर, पछि मृतक भनिएकी दोलखाको मेलुङ ४ घर भई काठमाडौँको बागबजार बस्ने २३ वर्षीय सुष्मा नेपाली प्रहरीको सम्पर्कमा आएको हो ।

Advertisement