काठमाडौं । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज पोस्टमार्टम गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालमा राखिएका शवको आज पोस्टमार्टम गरी आजै आफन्त र सम्बन्धित निकायलाई शव हस्तान्तरण गरिने स्रोतले जनाएको छ ।
बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत शव सङ्कलन गरी शव परीक्षण तथा अन्य कार्यका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको जनाएको थियो ।
काठमाडौंबाट स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । दुर्घटनामा विमान चालकसहित ४ जना चिनिया नागरिकको मृत्यु भएको हहो ।
दुर्घटनास्थलबाट सुरक्षा निकायले शव संकलन गरेर अस्पताल ल्याएको हो।