काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको छ । बुधबार दिउँसो काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित गुर्जेमा दुर्घटना भएको हो।
डाँडामा धुँवा देखेपछि एक स्थानीयले प्रहरीलाई खबर गरेका थिए। दुर्गममा हेलिकप्टरमा सवार ४ जनाको मृत्यु भएको नुवाकोट प्रहरीले जनएको छ । चालकसहित ५ जना सवार हेलिकप्टरमा थप एक जनाको अवस्था भने यो समाचार तयार गर्दासम्म अज्ञात छ ।
एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितका अनुसार क्याप्टेन अरुण मल्लले उडाएको उक्त हेलिकप्टर ४ जना विदेशीलाई स्याफ्रुबेंसी छाडेर फेरि त्यहाँबाट विदेशी नै लिएर काठमाडौं आउने गरी तालिका थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार १ बजेर १४ मिनेटमा उडेको थियो । पण्डितका अनुसार उक्त हेलिकप्टर चिनियाँ पर्यटक लिएर स्याफ्रुबेंसी उडेको थियो ।