काठमाडौं । कवि तथा पत्रकार नविन काजी राई मोटरसाइकल दुर्घटनामा परि घाइते भएका छन् । गएराति दरबारमार्गमा भएको दुर्घटनामा राई गम्भीर घाइते भएका हुन् ।
प्रहरीका अनुसार उनी मोटरसाइकको पछाडि सवार थिए । टाउकोमा चोट लागेको उनलाई ट्रमामा लगिएकोमा थप उपचारको लागि अहिले सिनामंगलस्थित केएमसीमा राखिएको कवि चन्द्रवीर तुम्बापोले जानकारी दिए ।
तुम्बापोका अनुसार अहिले उनको अवस्था गम्भीर रहेको छ । राईलाई अहिले अप्रेसन थिएटरमा लगिएको बुझिएको उनले बताए ।