विराटनगर । मोरङमा बसको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–८ स्थित पुर्व–पश्चिम लोकमार्गमा बसको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार आज दिउँसो २ बजे इटहरीबाट बेलबारीतर्फ जादै गरेको प्रदेश १–०२–००१ ख ९५१९ नम्बरको बसले बाटो काट्दै गरेका साईकल यात्री स्थानीय ७९ बर्षीय डम्बरु प्रसाद निरौलालाई ठक्कर दिदा घाईते भएका उनलाई उपचारको लागि बिराटनगर नोबेल अस्पताल पु¥याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए ।
ठक्कर दिने बसका चालक सुनसरीको धरान उप–महानगरपालिका– २० का बलबहादुर लिम्बुलाई ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।