May 3, 2024, Friday
२०८१ बैशाख २१
1:37:26 pm

किराँत याक्थुङ चुम्लुङ पाँचथरको नवौं जिल्ला अधिवेशन सम्पन्न

445

पाँचथर । किराँत याक्थुङ चुम्लुङ पाँचथरको नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न अधिवेशनले सुरेन्द्र कुमार केरुङ (सुरेन शिशिर)को नेतृत्वमा २२ सदस्सीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सुवास तुम्बापो (काङसोरे) र जितेन चेम्जोङ सर्वसम्मत चयन भएका छन् भनने सचिवमा कमल हाङसरुम्बा, सहसचिवमा पूर्ण परिचित जबेगु र कुमार यावा (मौसम) चयन भएका छन् ।

यस्तै, समितिको सदस्यहरुमा टिकामाया नेम्बाङ, नरेश काम्वाङ, उपेन्द्र येक्तेन, मनेन्द्र केरुङ, मचिन्द्र लोवा, दिपक नेम्बाङ, सीता जबेगु, अन्जु योङहाङ, सीता योङ्हाङ, मन कुमार शेर्मा, कमला तुम्बापो, सेसेहाङ लावती, बिरबहादुर केरुङ, जगत बहादुर आङ्देम्बे र भूपेन्द्र योङहाङ,र सुकवहादुर मेयोङवा चयन भएका छन् ।

Advertisement

अधिवेशनले रोहित आङ्बो, महेन्द्र तुम्बापो, सुनिता केरुङ, राजेन्द्र केरुङ र सुशिला देवानलाई जिल्ला चुम्लुङ सदस्यहरुमा चयन गरेको निर्वाचन अधिकृत मधुराज केरुङले जानकारी दिए ।

यसैगरी, महेन्द्रकुमार आङ्देम्बे, पदमकुमार मेयोङ्बा र मनकुमार आङ्देम्बे राष्ट्रिय चुम्लुङ सदस्यमा चयन भएका छन् ।
अधिवेशन चैत २३ गते सुरु भई ३ दिनसम्म चलेको थियो ।