काठमाडौं । बागलुङमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । सोमबार साँझ रुकुमपूर्वबाट काठमाडौंका लागि छुटेको बस निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ । गाडीमा ३२ जना यात्रु थिए । घाइतेलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पु¥याइएको प्रहरीले जनाएको छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।