April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

अब कांग्रेसले संसद्मबाट सरकारलाई जनताप्रति जबाफदेही बनाउने भूमिका खेल्छः गगन थापा

1.7K

काडमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कांग्रेसले संसद्मबाट सरकारलाई जनताप्रति जबाफदेही बनाउने भूमिका खेल्ने बताए । शनिबार नेपाली कांग्रेस कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अब बलियो प्रतिपक्षको भूमिकामा रहने बताएका हुन् ।

महामन्त्री थापाले सरकारबाट बाहिरिएपछि कांग्रेसलाई केन्द्रदेखि गाउँ तहसम्म सङ्गठन विस्तार गर्ने मौका मिलेको बताए । आगामी निर्वाचनमा अन्य सबै पार्टी एक भए पनि कांग्रेस एक्लै प्रतिस्पर्धा गर्नसक्ने पार्टीका रूपमा विकास गर्न सक्ने उनले बताए ।

उनले नेपाली कांग्रेस अब विसं २०८२ मा हुने महाधिवेशनको तयारीमा जुट्ने पनि बताए ।

Advertisement

महामन्त्री थापाले सुन तस्करी प्रकरणमा दोषी देखिएका जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्ने बताउँदै अनुसन्धानलाई फितलो बनाएर दोषीलाई उम्कने बाटो दिन नहुने उल्लेख गरे ।