June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

आफ्ना पार्टीका सांसदहरूलाई प्रभावकारी भूमिका खेल्न प्रधानमन्त्रीको निर्देशन

1.2K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा प्रभावकारी भूमिका खेल्न आफ्ना पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले पार्टीका सबै सांसदले आफ्नो भूमिकालाई निखारेर लैजानुपर्ने बताएका हुन्।

चालु अधिवेशनमा महत्वपूर्ण कानून संसद्मा पेस गर्ने सरकारले तयारी गरेको जानकारी दिँदै उनले कानून निर्माणमा सक्रिय भूमिका खेल्न सांसदहरुलाई आग्रह गरेका हुन् ।

Advertisement

बैठकमा संसदीय मैत्री समूह गठन, आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माण, १६औँ आवधिक योजना, संसद्को कार्यतालिका, संसद् र समितिका बैठकबारे पनि छलफल भएको थियो ।