May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८
1:37:26 pm

राष्ट्रपति पौडेल र फ्रेडरिच एबर्ट स्टिफटुङका प्रेसिडेन्ट मार्टिन स्लुजबीच भेट

735

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग जर्मनीको फ्रेडरिच एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्ट डा. मार्टिन स्लुज शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति निवास शितल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र जर्मनीबीच दौत्यसम्बन्ध स्थापना भएदेखि सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गरे ।

उनले फ्रेडरिच एबर्ट स्टिफटुङले काठमाडौँस्थित आफ्नो कार्यालयबाट राजनीति, सुशासन, अर्थतन्त्र एवम् लोकतन्त्रको क्षेत्रमा सक्रियताका साथ उल्लेखनीय काम गर्दै आएकोमा खुसी समेत व्यक्त गरे ।

Advertisement