November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेपालमा पनि देखियो कोभिड-१९ को नयाँ सब–भेरिएन्ट ‘जेएन.१’

2.1K

काठमाडौं । नेपालमा कोभिड–१९ को नयाँ सब–भेरिएन्ट ‘जेएन.१’ देखिएको छ । पछिल्लो समय छिमेकी मुलुक भारत र चीनसहित विश्वका विभिन्न देशमा देखिएको नयाँ भेरियन्ट नेपालमा पनि देखिएको हो ।

सोमबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालमा पहिलोपटक जेएन.१ को संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

७ वटा नमुनामा जेएन.१ पुष्टि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिका १६ वटा नमुना संकलन गरी आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जिनोम सिक्वेन्सिङ गरेको थियो ।

Advertisement

कोभिड–१९ को सब–भेरिएन्टको बढ्दो संक्रमणलाई ध्यान दिँदै मन्त्रालयले सीमा नाकाका हेल्थ डेस्कलाई आवश्यक स्क्रिनिङ गराउन अनुरोधसमेत गरेको छ । त्यस्तै स्वास्थ्य कार्यालयहरूलाई पनि मन्त्रालयले आवश्यक स्क्रिनिङ र निगरानीका साथै स्वास्थ्य उपचार व्यवस्थापन तयारी अवस्थामा रहन मन्त्रालयले अनुरोध गरेको छ ।

नेपालमा जेएन.१ सब–भेरिएन्ट देखिए पनि त्यसबाट आत्तिहाल्नुपर्ने अवस्था नरहेको प्रवक्ता बुढाथोकीले बताए ।