काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले गत आश्विन १४ देखि २८ गते सम्म सञ्चालन गरेको समाजवादी जागरण अभियानमा खटेका स्वयंसेवकहरुलाई सम्मान गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार आयोजित सम्मान कार्यक्रममा प्रमुख अतिथि पार्टीका अध्यक्ष माधवकुमार नेपालले २५ जना स्वयंसेवकहरुलाई सम्मान पत्र हस्तान्तरण सहित सम्मान गरेको हो ।
कार्यक्रमा पार्टीका महासचिव घनश्याम भुसाल र समाजवादी जागरण अभियान मूल व्यवस्थापन समितिका संयोजक विजय पौडेलले शुभकामना राखेका थिए ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डे,उपमहासचिव डा.विजय पौडेल सचिव जीवनराम श्रेष्ठ सहितका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम स्वयंसेवक परिचालन समितिका संयोजक तथा पार्टीका केन्द्रीय सदस्य विष्णु लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो ।