काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद कतार प्रस्थान गरेका छन् । आइतबारदेखि कतारमा सुरू हुन गइरहेको दोहा २१ औं फोरममा सहभागिता जनाउन मन्त्री साउद शनिबार कतार प्रस्थान गरेका हुन्।
परराष्ट्रमन्त्री साउदले इसरायलमा बेपत्ता विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने जनाइएको छ भने कतारी समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तानबिन साद अल–मुखारीसँग भेटवार्ता गर्ने जनाइएको छ ।
मन्त्री साउदले यसअघि यही मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए।
यस्तै, उनले मंसिर ७ गते नेपालका लागि इसराइलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाउनु भई जोशीको रिहाइका बारेमा छलफल गर्ने मन्त्री साउदको स्वकीय सचिवालयले जनाएको छ।