April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

क्यानडाका लागि नेपाली राजदूतमा भरतराज पौड्याल अनुमोदित

875

लन्डन। क्यानडाका लागि नेपाली राजदूतमा परराष्ट्र सचिव भरतराज पौड्याल अनुमोदित भएका छन् । संसदीय विशेष सुनुवाइ समितिले उनलाई सर्वसम्म अनुमोदन गरेको हो ।

समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा आइतबार भएको सुनुवाइपछि सचिव पौड्याललाई उक्त पदमा अनुमोदन गरिएको हो ।

त्यसअघि सचिव पौड्यालले आफ्नो कार्ययोजना समितिसमक्ष प्रस्तुत गर्नाका साथै सदस्यहरुका जिज्ञासाको जवाफ दिएका थिए ।

Advertisement

राजदूतमा अनुमोदन भएपछि सचिव पौड्यालले नेपाल सरकारले आफूलाई सुम्पेको जिम्मेवारी इमान्दार र कर्तव्यनिष्ठ भएर पूरा गर्ने प्रतिबद्धता जनाए।

मन्त्रिपरिषद्को हालैको बैठकले सचिव पौड्याललाई क्यानाडाका लागि राजदूत नियुक्ति गर्न सिफारिस गरेको थियो । संसदीय समितिले उनलाई अनुमोदन गरेसँगै नेपालको संविधानअनुसार राष्ट्रपतिले उक्त पदमा पौड्याललाई नियुक्त गर्नेछन् । त्यसअघि क्यानाडाबाट पौड्यालको नाममा नेपाल सरकारले सहमति प्राप्त गर्नुपर्नेछ ।