April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पाँचथरको व:साङगुमा ऐतिहासिक द्वितीय मेला सम्पन्न

पदम सुखी सम्बाहाम्फे
२०८० मंसिर ४

1.7K

पाँचथर । जिल्लाको व:साङगुमा बलिहाङ तङ्नामको अवसरमा ऐतिहासिक द्वितीय मेला सम्पन्न भएको छ । फाल्गुनन्द गाउँपालिका वडा नम्बर ६ र ७ को संगम स्थल व:साँगुमा कार्तिक २९ गतेबाट सुरु भएको ऐतिहासिक द्वितीया मेला शनिबार सम्पन्न भएको हो।

मेलामा भलिबल र केलाङ प्रतियोगिताका साथमा या:लाङ ( धाननाच ) सिंङ्खेले नाच र येबा: लाङ जस्ता मनोरञ्जनमूलक साँस्कृतिक कार्यक्रम राखिएको थियोव।

करिब डेढ सय बर्षदेखि सोही ठाउँमा लाग्दै आएको उक्त द्धितीया मेलामा वलिहाङ तङ्नमको अवसरमा आयोजित अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको फाइनल खेलमा कुम्मायक गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै फाल्गुनन्दले उपाधि हात पारेको थियो ।फाल्गुनन्दले २५–१६,२२–२५ र २१–२५ को सोझो सेटमा कुम्मायकलाई पराजित गर्दै उपाधि हात पारेको हो ।

Advertisement

विजेता समूहले नगद १ लाख १५ हजार ५१५ रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको कुम्मायकले नगद ६५ हजार ५ सय ६५ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा फाल्गुनन्दका बेष्ट स्पाइकर दिपेश नेम्वाङ, लिब्रो बसन्त आङदेम्बे र बेष्ट प्लेयर देबेन चेम्जोङ घोषित भए। उनीहरूले नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् । यसैगरी कुम्मायकको तर्फबाट बेस्ट ब्लकर पुजन खत्री, बेस्ट सेटर कविन निरौला घोषित हुँदै नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् ।

विजेता र उपविजेता समूहलाई गाउँपालिकाका अध्यक्ष बृर्जहाङ आङ्देम्बे, फाल्गुनन्द–६ र ७ का वडाअध्यक्ष नारायण प्रसाद र देउकुमार आङदेम्बे, पूर्व पालिका अध्यक्ष बीरबहादुर कुरुम्बाङ लगायतका अथितिहरुले पुरस्कार बितरण गरेका थिए ।

त्यस्तै केलाङ प्रतियोगिताको प्रथम सेक्कमुरी फुङ सङजुम्भो मिक्लाजुङ–१ र दोस्रो नामसामी केसामी केलाङ संस्था फाल्गुनन्द–४ भएका थिए ।

प्रतियोगिताको प्रथम र दोस्रो विजेताले क्रमशः नगद १७ हजार ५ सय रुपैंयाँसहित प्रमाणपत्र र नगद १२ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको त्रिवेणी युवा क्लबका अध्यक्ष यमराज आङ्देम्बेले बताए ।

प्रतियोगितामा तेह्रथुम, पाँचथर र इलाम जिल्लाका १२ समूह सहभागी रहेको भलिबल खेल संयोजक एकान्त कुरुम्बाङले बताए । सो मेलालाई सभ्य,भब्य र सौहार्दपूर्ण तवरले सम्पन्न गर्न सहयोगी संघसस्था, व्यवसायी तथा विश्व सन्चार कर्मी लगायत सम्पूर्ण मिडियालाई क्लबका अध्यक्षले धन्यवाद प्रकट गरेका थिए ।