December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

केबुलकार सेवालाई यातायातको रुपमा विकास र प्रयोग गर्न आवश्यक: कुलमान घिसिङ

490

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबुलकार सेवालाई यातायातको रुपमा विकास र प्रयोग गर्न आवश्यक रहेको बताएका छन् ।

आइतबार लुम्बिनी केबुलकारको निरिक्षणपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा घिसिङले भने,‘धेरै केबुलकारहरुले नेपालको इकोनोमिक एक्टिभिटिज र पर्यटनदेखि विद्युत खपत पनि राम्रो गर्छ। नेपालको भौगोलिक अवस्था र नेपालको जियोलोजिकल अवस्था र हाम्रो हिमाल, पहाड र तराईको अवस्थालाई हेरेर धेरै केबुलकार बढ्नुपर्छ। यस्तै केबुलकारहरुले हाम्रो विद्युतको खपत बढ्ने हो र यो विभिन्न ठाउँमा इकोनोमिक एक्टिभिटी बढ्छ, पर्यटकहरु बढ्छन्, रोजगारीको अवसर पनि बढ्छ। केबुलकारलाई पर्यटनको हिसावले मात्रै नभइ ट्रान्पोटेसनको हिसावले पनि नेपालमा केबुलकारको महत्वपूर्ण भूमिका हुनेछ।’

उनले केबुलकारहरुले नेपालको अर्थतन्त्र चलायमान बनाउन र पर्यटन प्रवद्र्धन गर्न र विद्युत खपत बढाउने काम गरेको बताए। उनले नेपालको भौगोलिक अवस्थालाई बुझेर केबुलकारको संख्या अझै बढ्नुपर्ने बताए।

Advertisement