April 14, 2026, Tuesday
२०८३ बैशाख १
1:37:26 pm

हङकङमा महामन्त्री र पत्रकार सम्मानित

बज्रकुमार थुलुङ राई
२०८२ बैशाख २३

2.4K

नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापा र क्लिक धरानका प्रधान सम्पादक रोहित कोयी राई हङकङमा सम्मानित भएका छन्।

नेप्लिज एसोसिएसन हङकङ(नेपाली संघ ) ले जोर्डनस्थित याक एण्ड यति रेस्टुरेन्टमा भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गरी महामन्त्री थापा र पत्रकार राईलाई सम्मान गरिएको थियो।

mostbet

आयोजक संस्थाका अध्यक्ष प्रदिप थापाको अध्यक्षता र नवीन सुहाङको सञ्चालनमा भएको उक्त कार्यक्रममा याउचि मङ जिल्ला परिषद्‌ सदस्य अरुणा गुरुङ र हङकङको राष्ट्रिय सुरक्षा क्षेत्रीय सल्लाहकार टंक रानाको विशेष अतिथ्यता रहेको थियो। त्यसैगरी नेपाली कांग्रेस जनसम्पर्क समिति हङकङका सभापति शैलेन्द्र सिंह बोगटी, उपसभापति ताहिर खान,पूर्व सभापति कुल प्रसाद गुरुङ,मिन गुरुङ,सल्लाहकार किसन देवान,साहित्यकार राजकुमार राईलगायतका व्यक्तित्वहरू अतिथिमा आमन्त्रित थिए।

Advertisement

सो कार्यक्रममा भर्खरै हङकङ सरकारको समान अवसर आयोग (ईओसी) सदस्यमा पहिलोपटक नियुक्त हुनुभएकी अरुणा गुरुङ र क्षेत्रीय सुरक्षा सल्लाहकार टंक रानाले हङकङेली नेपालीको विविध समस्याहरूका बारेमा बोल्दै नेपाल सरकार पक्षधर महामन्त्री थापालाई समाधानका निम्ति पहल गर्न अनुरोध गरेका थिए।

महामन्त्री थापाले हङकङ सरकारको गरिमामय पदमा नियुक्त भएका र अरुणा गुरुङ र टंक रानालाई बधाई दिँदै नेपाल र नेपालीको हित नहुने जुनसुकै कार्यमा पनि आफ्नो साथसहयोग रहने र हङकङबासी नेपालीको समस्या सम्बोधनका निम्ति सम्बन्धित निकायमा कुरा राख्ने बताए ।