April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

परराष्ट्रमन्त्री साउद र सयुक्त राज्य अमेरिकाका विदेश मन्त्री ब्लिन्केनबीच भेटवार्ता

२०८० कार्तिक १४

1.5K

लन्डन । नेपालका परराष्ट्रमन्त्री एनपी साउद र सयुक्त राज्य अमेरिकाका विदेश मन्त्री एन्टोनी जे ब्लिन्केनबीच भेटवार्ता भएको छ। अमेरिका भ्रमणमा रहेका साउद र ब्लिन्केनबीच गएराती वासिङ्टनडिसीमा भेटवार्ता भएको हो ।

अमेरिकास्थित नेपाली दूतावासका अनुसार भेटवार्तामा परराष्ट्रमन्त्री साउदले नेपालको विकासका लागि व्यापार तथा लगानी, कृषि, खाद्य सुरक्षा, प्रविधिको विकास तथा विस्तारका बारेमा कुरा राखेका थिए। उनले नेपालको व्यापार विकासका लागि सहयोग गर्न पनि समकक्षी ब्लिन्केनसँग आग्रह गरेका थिए।

यस्तै, नेपालको आर्थिक र सामाजिक विकासका लागि अमेरिकी सरकारले गरेको सहयोगकाप्रति आभार व्यक्त गर्दै मन्त्री साउदले थप सहयोगका लागि आग्रहसमेत गरेका थिए।

Advertisement

मन्त्री ब्लिन्केनले लोकतान्त्रिक शासन मजवुद बनाउन नेपालले महत्वपूर्ण भूमिका खेलेको बताउँदै नेपाललाई समृद्ध लोकतान्त्रिक मुलुकका रूपमा देख्न चाहेको बताएका थिए। उनले नेपालको समग्र विकासका लागि सहयोग गर्न अमेरिका सदैब तयार रहेको पनि बताएका थिए।

भेटघाटका क्रममा उनले ब्लिन्केनलाई नेपाल भ्रमणका निमित्त औपचारिक निम्तो पनि दिएका छन्।