December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

मोरङ र पर्सामा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

595

काठमाडौं । मोरङ, सुन्दर हरैचा नगरपालिका–७ बेलगाछिस्थित नमो सिवाय कंक्रीट (बल्क) उद्योगमा शनिरबार साँझ आगलागी हुँदा विभिन्न सामान तथा मेसिन जलेर करिब ४२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

पर्साको वीरगंज महानगरपालिका–२१ पटेलनगर बस्ने बंका ठाकुरको घरमा शनिबार राति आगलागी हुँदा नगद ५ लाख ५० हजार रुपैयाँ, फर्निचर, भाँडावर्तन र लत्ताकपडाहरू लगायत बिभिन्न सामानहरू जलेर करिब ८ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

Advertisement