April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपालका प्रधानसेनापति शर्मा र बेलायती सेनाध्यक्ष स्यान्ड्रसबीच भेटवार्ता

850

लन्डन । नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा र बेलायती सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्ड्रसबीच भेटवार्ता भएको छ । दुईबीच लण्डनस्थित सैनिक मुख्यालयमा शिष्टाचार भेट तथा छलफल भएको हो ।

बेलायती सेनाध्यक्षको औपचारिक निमन्त्रणामा अक्टोबर ८ मा बेलायत पुगेका शर्मा र स्यान्ड्रसबिचको भेटमा दुई देशका सेना प्रमुखबीच द्विपक्षीय सैनिक सम्बन्ध तथा सहयोगका क्षेत्रमा विकास र विस्तार गर्ने बारेमा छलफल भएको थियो । शर्माले रोयल कलेज अफ डिफेन्स स्टडीज (आरसीडीएस) का कमान्डेन्टसँग पनि छलफल गरेका छन् ।

भेटमा सेनाध्यक्ष स्यान्ड्रसले नेपाली सेनाको पेसागत क्षमताको अभिवृद्धि, विकास तथा विस्तारमा सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । यो निरन्तर सहयोगले रक्षा र सुरक्षाका मामिलामा दुई देशबीचको सम्बन्ध र साझा उद्देश्यहरूलाई सुदृढ पार्ने संकेत गर्दछ।

Advertisement

छलफलमा सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी सन्तोष ढकाल, सैनिक सहचारीहरू सहायक रथी रत्न बहादुर गोदार र कर्नेल पल स्मिथ पनि सहभागी थिए ।