April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपालद्धारा वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन सम्बन्धी सम्झौतामा हस्ताक्षर

1.2K

लन्डन । नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन पुगेका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसंघले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

अतिकम विकसित देशबाट हस्ताक्षर गर्ने यस सम्झौतामा नेपाल एक हस्ताक्षरकर्ता देश बनेको छ । यो सम्झौताले पृथ्वीमा समुद्र र जमिनको भूभाग ३०÷३० प्रतिशत कायम गर्ने अवधारणालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नेछ ।

सन् २०३० सम्ममा यो सम्झौता लागू गरिसक्ने राष्ट्रसंघले जनाएको छ । यो सम्झौतामा विश्वभरिका राष्ट्रलाई सन् २०२३ को सेप्टेम्बर २० देखि सन् २०२५ को सेप्टेम्बर २० सम्म हस्ताक्षर गर्ने समय सीमा दिइएको छ ।

Advertisement

नेपालले उक्त सम्झौता हस्ताक्षर गर्ने दिनमा नै हस्ताक्षर गरेको छ । राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा बुधबार आयोजित समारोहमा नेपालको तर्फबाट मन्त्री साउदले हस्ताक्षर गरेका हुन् ।