September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

राष्ट्रपति पौडेलद्धारा राष्ट्रिय कविता महोत्सव २०८० का उत्कृष्ट दश कविहरूलाई पुरस्कार प्रदान

910

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय कविता महोत्सव २०८० का उत्कृष्ट दश जना कविहरूलाई पुरस्कार प्रदान गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका उपलक्ष्यमा सम्पन्न भएको प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवका उत्कृष्ट दश कविहरूलाई राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा सो पुरस्कार प्रदान गरेका हुन् ।

पुरस्कृत कविहरूमा प्रकाश दिप्साली राई ‘नौरानको नाम’ सुनसरी, तीर्थराज विश्वकर्मा ‘कविले के सम्झियो ?’ सुनसरी, कृपा करुणा पोखरेल ‘रक्तिम कथा’ सुनसरी, जीवन आरोही ‘प्रश्नहरुको विज्ञप्ति’ उदयपुर, उमेश पुन ‘छोरी, सिमाना र देश शीर्षकको कविता’ काठमाडौँ, खिमानन्द जोशी ‘ईजा मुई गोठ नाइँ झान्या हुँ ’ दार्चुला, टङ्कबहादुर झाँक्री मगर ‘हुन्के बे बड्डा’ रोल्पा, नविन अभिलाषी ‘भेरी स् अभिशप्त बगिरहेछ’ दाङ, पूर्णानन्द ओझा ‘सन्निको मान्स’ डोटी, र राधिका कल्पित ‘परिचय पत्र’ काठमाडौँ रहेका छन् ।

उक्त पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति भुपाल राईले प्रतिष्ठानका गतिविधि र कविता महोत्सवका विविध पक्षबारे प्रकाश पारेका थिए ।

Advertisement