यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरको प्राविधिक सहयोग तथा किराँत याक्थुङ चुम्लुङ र नेपाल रेडक्रस सोसाइटी उपशाखा यासोकको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा किराँत याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवस र नेपाल रेडक्रस सोसाइटी उपशाखा यासोकको सयुक्त आयोजनामा २१ जनाले रक्तदान गरेका थिए ।
कुम्मायक गाउँपालिका स्वास्थ्य शाखाको समन्वय साथै उद्योग बाणिज्य संघ यासोकको सहयोगमा २१ जनाले रक्तदान गरेका थिए । ‘रक्तदान जिवन दान’ भन्ने मुल नारा सहित यासोक स्वास्थ्य चौकीमा भएको कार्यक्रममा शिक्षक, कर्मचारी, राजनीतिकदल, रेडक्रस, र किराँत याक्थुङ चुम्लुङ र संघ सस्थाका पदाधिकारी गरी २१ जनाले रक्तदान गरेको कियाचुले जनाएको छ ।
गाउँपालिकाको स्वास्थ्य चौकीमा भएको रक्तदान कार्यक्रमले रगत अभावमा छट्पटिएका विरामीहरुको उपचारमा सहयोग पुर्याउने उदेश्यले रक्तदान कार्यक्रम संचालन गर्नु परेको रेडक्रस सोसाइटी उपशाखा यासोकका सभापति खेमराज निरौलाले जनाए ।
कुम्मायककै क्यान्सरपीडित सीता खवास हाल उपचारारत छिन् । बीपोजिटिभ रगत अभावका कारण अस्पतालमा छट्पटाइरहेकाले जिल्ला रेडक्रस पाँचथरको सहयोगमा तत्काल बिरामीलाई आवश्यक पर्ने रगत पुर्याउन पहल गरिने भएको छ । उनी जस्तै अन्य क्यान्सरपीडित वा अन्य नागरिकको उपचारमा सहज होस् भन्ने उदेश्यले रक्तदान कार्यक्रमको अयोजना गरिएको सभापति निरौलाको भनाइ छ ।
रक्तदान कार्यक्रमकोे उद्घाटन गाउँपालिका उपाध्यक्ष महेन्द्रबहादुर खड्काले गरेका थिए । सोही अवसरमा स्वास्थ्य शाखा प्रमुख केदारबहादर खड्का, रेडक्रस जिल्ला शाखा अधिकृत गुरु तिम्सिना, उद्योग बाणिज्य संघ शाखा यासोक अध्यक्ष गोपालप्रसाद पोख्रेललगायत राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारीको सहभागीता रहेको थियो ।
कार्यक्रम किराँत याक्थुङ चुम्लुङ कुम्मायकका अध्यक्ष पदम सुखी सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको थियो ।