November 6, 2024, Wednesday
२०८१ कार्तिक २१
1:37:26 pm

नेफिन साउदी अरबको पाचौं महाधिवेशन सम्पन्न, अध्यक्षमा पुनः गुरुङ निर्वाचित

7.9K

साउदी । नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले “आत्मनिर्णयको अधिकारका लागि परिवर्तनका सम्वाहक युवा” भन्ने मुल नाराका साथ २९औं विश्व आदिवासी दिवस मनाएको छ । १८ अगस्ट २०२३ शुक्रबारका दिन दमामस्थित जुबेल हाइवेको सादी रिसोर्टमा एक कार्यक्रमकाबीच विश्व आदिवासी दिवस मनाएको हो ।

दिवससँगै नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको पाचौं राष्ट्रिय महाधिवेशन पनि सम्पन्न भएको छ । कार्यक्रममा नेपाली दूतावास रियादका द्वितीय सचिव टिकाराम उपाध्यायको प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तै, कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ साउदीका प्रमुख संरक्षक ओम घले र नेपाली दूतावास रियादका पुर्वी क्षेत्र जनसम्पर्क अधिकारी नारायण पासवानको विशिष्ट आतिथ्यता रहेको थियो भने नेपाल आदिवासी जनजाति महासंघ साउदीका प्रमुख सल्लाहकार बिरेन्द्रकुमार चौधरी र नेपाल आदिवासी जनजाति महासंघका संरक्षक तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सचिवालय सदस्य श्रीप्रसाद यावा लिम्बुको विशेष आतिथ्यता रहेको थियो ।

Advertisement

कार्यक्रमका अन्य अतिथिहरुमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका महिला उपाध्यक्ष यासमिन बेगम सैयद, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीका अध्यक्ष रबिना अर्याल, दिदिबहिनी समुहकी अध्यक्ष तुलशिमाया गुरुङ, नेपाली जनप्रगतिशिल मञ्च साउदीका प्रवक्ता भक्त कार्की, संघीय लिम्बुवान सामाजिक मञ्च साउदीका कार्यवाहक अध्यक्ष लोकेन्द्र फियाक, राष्ट्रिय प्रजातन्त्र पार्टी (पानस) साउदीका अध्यक्ष कुबेर हुमागाई, एकीकृत बिश्वकर्मा समाजका अध्यक्ष अर्जुन बिश्वकर्मा, तमुधी नेपाल प्रवास साखा साउदीका महासचिव ज्ञानु गुरुङ, नेपाल मगर संघ शाखा साउदीका कार्यवाहक अध्यक्ष बमबहादुर थापामगर, किराया शाखा साउदीका अध्यक्ष चित्रकुमार चाम्लिङ, नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदीका अध्यक्ष रुपक वाइबा, कियाचु शाखा साउदीका प्रतिनिधि राजेश सेन्दाङ, युवा कुमाल सेवा समाजका अध्यक्ष ओम कुमाल, नेपाल तामाङ घेदुङ क्षेत्रीय कार्यसमिति दमामका अध्यक्ष विजय लामा, तमुधी नेपाल क्षेत्रीय कार्यसमिति रियादका अध्यक्ष मनकाजी तमु, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका केन्द्रिय सदस्य तेज थापा, अन्तर संस्था तथा कास्की आदर्श समाजका महासचिव मनिष थापा, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका अध्यक्ष नरेन्द्र घर्तिमगर, मोरङ सुनसरी सेवा समाजका अध्यक्ष सुजनशेर राई, झापाली समाजका अध्यक्ष राजेन्द्र थापा, सुदुरपश्चिमेली नेपाली समाजका अध्यक्ष खेमराज भट्ट, पि.एन.सि.सि.का प्रवास संयोजक गणेश अर्याल, नेपाली साझा मञ्चका अध्यक्ष अन्जान गुभाजु, हेल्प मधेसी समाजका अध्यक्ष रामदुलार मण्डल, मिलन एकता समाजका अध्यक्ष काजी गुरुङ, सामाजिक अभियान्ता पदम महत, व्यवसायी उमेश भट्टराई, अल बदर हस्पिटलका डाक्टर सन्जिब कुमार गोईत नेपाल, दमाम भेट्रान फुटबल क्लबका क्याप्टेन मजोन दुरा, समरानी फुटबल क्लबका अध्यक्ष निरु दर्लामी मगर, युनाइटेड फुटबल क्लबका अध्यक्ष युवराज गुरुङ, रास्तानुरा फुटबल क्लबका अध्यक्ष गङ्गा गुरुङ, जीवन लुइँटेल, ठाकुर प्रसाद शर्मा, धिरज साउद, याम गुरुङ, देबेन्द्र लिम्बू र मित्र राई लगायत रहेका थिए ।

दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो भने देशको सम्मान र सम्झानामा नेपाली राष्ट्रिय गान गाएर सम्मान गरिएको थियो । आदिवासी आन्दोलनका क्रममा विभिन्न समयहरूमा सहादत प्राप्त गर्ने सम्पुर्ण ज्ञात अज्ञात सहिदहरूको सम्झानामा १ मिनेट मौनधारण पनि गरिएको थियो ।

नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय परिषद साउदी अरबमा आबद्ध जातीय संस्थाहरूको संयुक्तरूपमा झाँकी प्रस्तुत गरेर औपचारिक कार्यक्रमको स्वागत ढोका खोलिएको थियो । कार्यक्रम संयोजक रोशन श्रेष्ठको स्वागत मन्तव्य राखेका थिए ।

सांगठनिक प्रतिवेदन महासंघका बर्तमान उपमहासचिव सुमन योङहाङले प्रस्तुत गरेका थिए भने आदिवासी जनजातिहरूको बारेमा महासंघका संरक्षक श्रीप्रसाद यावा लिम्बुले प्रष्ट पारेका थिए । यो सँगै पहिलोचरणको औपचारिक कार्यक्रम सकिएको र बर्तमान कार्यसमितिलाई बर्तमान अध्यक्ष खेम गुरुङले विघटन गरेर बन्द सत्रको लागि निर्वाचन समितिका संयोजक ओम घलेले कार्यसमिति प्रस्तुत गरेका थिए ।

पाचौं राष्ट्रिय महाधिवेशनको निर्वाचन समितिले नयाँ नेतृत्व चयन गरेसँगै पुनः दोस्रो कार्यकालको लागि खेम गुरुङको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा रोशन श्रेष्ठ, उपाध्यक्षहरूमा क्रमश बमबहादुर थापामगर, विजय लामा, लोकेन्द्र फियाक लिम्बू र प्रवेश थुलुङ राईलाई चयन भएका छन् भने महासचिवमा सुमन सहयात्री योङहाङ चयन भएका छन् ।

त्यस्तै, उपमहासचिवमा पासाङ शेर्पा, सचिवमा रोशन घलान तामाङ, सहसचिवमा इन्दिरा श्रेष्ठ, कोषाध्यक्षमा चित्रकुमार चाम्लिङ र सह कोषाध्यक्षमा ओमबहादुर कुमाल निर्वाचित भएका छन् । केन्द्रीय सदस्यहरूमा मिना योन्जन तामाङ, चन्द्र राई, भिम बुढा मगर, प्रेम इजम लिम्बू, प्रेम कुमाल, गोबिन्द चौधरी, बेलबहादुर सारु मगर, जयन्ती अन्छङ्बो लिम्बू, रबिन तामाङ (रोशन), आइत लिम्बू, मनोज दुरा र २ जना सदस्यहरू आगामी बैठकद्वारा नियुक्ति गरिने गरिको निर्वाचन समितिले निर्वाचित गरेको छ, भने प्रवक्तामा राज तामाङलाई नियुक्ति गरेको हो । प्रमुख संरक्षकमा ओम घले, संरक्षक सदस्यहरूमा श्रीप्रसाद यावा लिम्बू र तुलसिमाया गुरुङ त्यस्तै, प्रमुख सल्लाहकारमा बिरेन्द्रकुमार चौधरी, सल्लाहकारहरूमा राजेश सेन्दाङ र पुष्पा राई चयन भएका छन् ।

कार्यक्रममा सामाजिक संस्थाहरूको तर्फबाट सामाजिक अभियान्ता तथा शिक्षिका अनुजा बुढाथोकी, वैचारिक संगठनहरूको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी पानस साउदीका अध्यक्ष कुबेर हुमागाई, दिदीबहिनी समुहकि अध्यक्ष तुलशिमाया गुरुङ, गैरआवासीय नेपाली संघ साउदी अरबकी अध्यक्ष रबिना अर्याल, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदकि महिला उपाध्यक्ष यासमिन बेगम सैयद लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि नेपाली दूतावास रियादका द्वितीय सचिव टिकाराम उपाध्यायले नेपाल आदिवासी जनजातिहरूका हकहित र अधिकारका सुनिश्चितताको बारेमा प्रकाश पार्दै साउदी अरबमा नेपाली श्रमिकहरूको अहिलेको अवस्थाको बारेमा जानकारी दिएका थिए । उनले अब आउने दिनहरूमा महासंघ र दूतावास बिचको सामाजिक कार्यको समन्वयलाई अझ सकारात्मक रुपले सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न सांस्कृतिक मनोरञ्जनात्मक प्रस्तुतिहरू पनि दिइएको थियो । सांस्कृतिक कार्यक्रमका संचालन सांस्कृतिक संयोजक रामु आलेमगरले गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष खेम गुरुङले सबैलाई धन्यवाद ज्ञापन व्यक्त गर्दै कार्यक्रमको समापनको घोषणा गरेका थिए भने उक्त कार्यक्रमका संचालक नवनिर्वाचित महासचिव सुमन योङहाङले गरेका थिए ।