May 27, 2024, Monday
२०८१ जेष्ठ १५
1:37:26 pm

डोल्पाको ल्हाँ गाउँमा विभिन्न पार्टी परित्याग गरी २६ जना एकीकृत समाजवादी प्रवेश

1.7K

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ५ ल्हाँ गाउँमा विभिन्न पार्टी परित्याग गरि २६ जना नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन् । नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय परिषद सदस्य तथा डोल्पा जिल्ला पार्टी सह–इन्चार्ज हरिप्रसाद डाँगी , जिल्ला पार्टी अध्यक्ष छक्क बहादुर धराला लगायतका नेताहरुको सहभागीतामा पार्टी प्रवेश कार्यक्रम भएको हो ।

नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुमा त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ५ का हरि बहादुर रोकाया,बिरेन्द्र झाक्री,मोहन प्रसाद रोकाया,लालजीत घर्ती, राजु झाक्री, हंसु झाक्री, कृष्ण झाक्री, कमल झाक्री, गोरख रोकाया, ज्ञान बहादुर रोकाया गरि १० जना नेकपा एमाले पार्टी परित्याग गरि समाजवादी प्रवेश गरेका छन् ।

यस्तै दिप बहादुर घर्ती, मिला घर्ती, नन्दलाल नेपाली, राम बहादुर रोकाया, शेर बहादुर रोकाया,धन बहादुर रोकाया, मुकेश रोकाया,अविनास झाक्री,रुद्वमान रोकाया,कृष्ण रोकाया गरि १० जना नेकपा माओवादी केन्द्र परित्याग गरि समाजवादी प्रवेश गरेका छन् ।

Advertisement

यसैगरी सोही ठाउँकै दिप रोकाया,गुनी रोकाया,रुप बहादुर झाक्री,बिष्णु नेपाली,धना नेपाली,चन्द्र कुमारी दमाई गरि ६ जना नेपाली कांग्रेस पार्टी परित्याग गरि नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन् ।

पार्टी सुदृढीकरण तथा वडा कमिटी पुनर्गठन अभियानको क्रममा विभिन्न पार्टी परित्याग गरि नेकपा एकीकृत समाजवादी प्रवेश गर्नेलाई डोल्पा जिल्ला सहइन्चार्ज हरिप्रसाद डाँगी, जिल्ला पार्टी अध्यक्ष छक्क बहादुर धराला सहितका नेताहरुले स्वागत गरेका नेकपा एकीकृत समाजवादी पार्टी डोल्पाका उपसचिव गोबिन्द बुढाले जानकारी दिए ।