December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

एनआरएनएको  सचिवमा अष्ट्रेलियाबाट डा ज्ञानेन्द्र रेग्मीले उम्मेदवारी दिने

1.8K

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को  सचिव पदमा अष्ट्रेलियाबाट डा ज्ञानेन्द्र रेग्मीले उम्मेदवारी दिने भएका छन् । आगामी कार्यकालको लागि अक्टोवर १७ देखि २० सम्म हुने संघको ११ औं महाधिवेसनमा रेग्मीले सो पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

मोरङ जिल्लाको बिराटनगरका रेग्मी हाल सिड्नीमा बसोबास गर्दै आएका छन् । उनी अस्ट्रेलियन राज्य सरकारको जलस्रोत विभागमा सिनियर इन्जिनियर हुन् । सन् २०१९-२०२१ मा एनआरएनए अस्ट्रेलियाको महासचिव, सन् २०१५ – २०१७ मा प्रवक्ता र सल्लाहकारको जिम्मेवारी सम्हालेका उनले संघको विधान समिति लगायत विभिन्न केन्द्रीय टास्क्फोर्समा रहेर जिम्मेवारी निर्वाह गरेका छन् ।

उनले जापानको साइतामा युनिभर्सिटीबाट मास्टर्स र  अस्ट्रेलियाको ओलोङ गोङ युनिभर्सिटीबाट पिएचडी गरेका छन् ।

Advertisement