November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

1.4K

काठमाडौं । छुट्टाछुट्टै भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार अर्घाखाँची, सितगंगा नगरपालिका–४ रातामाटास्थित सडकमा लु.४ त ९४१८ नम्बरको ट्याक्टर बारी जोत्ने क्रममा आइतबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका कोप्चेवास बस्ने ३६ वर्षीय राजु नेपालीको घटनास्थलमै मृत्यु भएको छ ।

यस्तै, रुपन्देही, तिलोत्तमा नगरपालिका–१ गुप्ता नर्सरीस्थित सडकमा लु.६५ प १३३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७९ वर्षीया जानकी घिमिरेको आइतबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

यसैगरी धनुषा, मिथिला नगरपालिका–४ जगदेब पुलस्थित सडकमा लु.१ क १७६८ नम्बरको टिपरमा मधेश प्रदेश ०२–००६ प ६५२७ नम्बरको मोटरसाइकल ठोक्किएर सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषा कमला नगरपालिका–२ बस्ने २२ वर्षीय दिपु यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ढल्केबर अस्पताल धनुषामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।