उदयपुर । उदयपुरमा सवारी दुर्घटना परी एकजनाको मृत्य भएको छ । सोमबार बेलुका पौने ७ बजे चौदण्डिगढी नगरपालिका–९ मा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।
मदन भण्डारी लोकमार्गमा बा.४ख६३१२ नम्बरको हायसले ठक्कर दिँदा घाईते भएका पैदल यात्री चौदण्डिगढी–९ का ६० बर्षीय ललित कुमार पन्जियारलाई उपचारको लागि धरान घोपा लगिएकोमा अस्पताल पु¥याउनासाथ उनको मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न गाडी र चालक सप्तरी कन्चनरुप नगरपालिका–१२ का रमेश पौडेललाई इलाका प्रहरी कार्यालय बेलटारले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
